Comments Add Comment

Advertisment

SKIP THIS

संक्रमण बढ्दै जाँदा अधिकांश सरकारी कार्यालयको सेवा स्थगित

११ माघ , काठमाडौँ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा संक्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ ।

सेवाग्राहीको भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत् कर्मचारी संक्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको सेवा पूर्णरुपमा बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन् ।

स्थानीय सरकारले पनि अत्यावश्यकबाहेकका जनसम्पर्क सम्बन्धित सेवा स्थगन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायत दैनिक सेवाग्राहीको भीड बढी हुने कार्यालयको सेवा रोकिएको ती कार्यालयहरूले जनाएका छन् ।

प्रशासनले संक्रमण रोकथामका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि सार्वजनिक सेवा प्रदायक कार्यालयमा सो आदेशको पालना भएको देखिएको छैन । जसबाट संक्रमण बढेको बताइन्छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सेवा आज माघ ११ गतेदेखि अनिश्चितकालका लागि स्थगन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन र अत्यावश्यक सेवाबाहेकका अन्य सबै नियमित सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै