Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर सिडियोको टोलीले फार्मेसी तथा औषधि पसलहरूमा अनुगमन


१२ माघ , काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुर,औषधि व्यवस्था विभाग तथा महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुरका विभिन्न ठाउँमा रहका औषधि फर्मा तथा फार्मेसिहरुको अनुगमन गरि ।

सिटामोल लगायतका औषधि समेत नपाईएको नागरिकको गुनासो बढेपछि भक्तपुरको सूर्य विनायक,कमल विनायक तथा दुधपाटीका २० वटा फार्मेसी तथा पसलहरूमा अनुगमन गर्दा केही पसलमा न्यूनतम मात्रामा पाइएको अधिकांशमा नपाइएको र २ वटा फार्मेसीलाई थप वुझ्नलाई औषधि व्यवस्था विभागमा पठाईएको र साथै वितरकवाट औषधि पसलहरूमा औषधि प्राप्त भए नभएको थप अनुसन्धान भइरहेको भक्तपुर सिडियो रुद्रादेवी शर्माले बताउनु भयो ।

सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको केही दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आ–आफ्नो जिल्लामा गरेको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै