Comments Add Comment

प्रहरीले अनलाइन जुवा खालबाट १ लाख ५५ हजार नगद र लाखौँका तथा चेक बरामद


१२ माघ , काठमाडौँ । काठमाडौँको ठमेलबाट प्रहरीले अनलाइन मार्फत जुवा खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ घर भएर काठमाडौँ–२६ ठमेलमा बस्ने राकेश कुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह छन् । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरीले आरोपीहरूको साथबाट १ लाख ५५ हजार नगद र लाखौँका बैंक भौचर तथा चेक बरामद गरेको छ ।

यसैगरी, सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकको पाँच लाख ६५ हजार रुपैयाँको भौचर, इन्भेष्टमेन्ट बैंकको भौचर १८ लाख ४९ हजार, वाणिज्य बैंकको ३२ हजारको भौचर, सानिमा बैंकको दुई लाख र आइएमइबाट कारोबार गरेको पचास हजार रुपैयाँको भौचर बरामद भएको छ।

काठमाडौँ–२६ स्थित ठमेल होस्टलका सञ्चालक समेत रहेका राकेश कुमार क्षेत्री पहिलेदेखि नै अनलाइन जुवा खेलाउने गर्थे। प्रिमियर लिग, आइपिएललगायतमा उनी बेटिङ गर्ने गरेका थिए ।

मंगलबार ठमेल होस्टलको पाँचौँ तलामा अनलाइन मार्फत जुवा खेलाएको कमिसन बाँडफाँडबारे विवाद भएको सुराक पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । क्षेत्रीले अनलाइन मार्फत जुवा खेलाउने गरेको र भारतीय नागरिक सिंहले ग्राहक खोज्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै