१४ माघ , काठमाडौँ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना भएर भएको छ ।


गैरकानूनी गतिविधि रोकथाम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरीडोरको मिलन बिन्दु रहेको तथा सो लोकमार्गमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुन सक्ने गिट्टी बालुवाको अवैध उत्खनन् नियन्त्रण गर्न उक्त अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङगामा अस्थायी प्रहरी पोष्ट स्थापना गरी बिहीबारबाट सेवा शुभारम्भ गरिएको हो ।पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बिहीबार आयोजित कार्यक्रममा उक्त पोष्टको उदघाटन गरेकी हुन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, कुश्मा नगरपालिका वडा नम्बर १ का कार्यबाहक वडा अध्यक्ष बीरेन्द्र रिजाल, मालढुङगा टोल सुधार समितिका अध्यक्ष र जनप्रतिनिधिहरु, स्थानीयबासीहरुको उपस्थितिमा रहेको थियो ।




