Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारी जुम्लामा

२६ मंसिर काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकप्टरबाट आज बिहान ११ः २० बजे जुम्ला पुगेकी हुन् ।

उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहनुभएको र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

‘राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ,” डा. रावलले भने, “त्यसपछि रु ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै