Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी मुख्यालयमा आयोजित योग विज्ञान शिविर सम्पन्न

३० वैशाख , काठमाडौ । पतंजलि योग पीठ नेपालको तत्वाधानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्थित नेपाल एपीएफ रंगशालामा आयोजित योग विज्ञान शिविर शुक्रबार सम्पन्न भएको छ ।

बिहिबार र शुक्रबार संचालन गरिएको सो शिविरमा पतंजलि योग पीठ नेपालका योग गुरुहरुबाट योगको अभ्यास गराईएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शिविरमा योग अभ्यास गराउने पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र लगायत अन्य योग गुरुवर्गलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरेका थिए भने पतंजलि आयुर्वेद केन्द्रका तर्फबाट अध्यक्ष बाबुकाजी श्रेष्ठले महानिरीक्षक अर्याललाई मायाको चिनो प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फौजी संगठनमा नियमित व्यायाम सँगसँगै योग अभ्यासलाई समाबेश गर्न सकिएमा शारिरीक एंव मानसिक रुपमा स्वस्थ हुने तथा शुद्ध मनस्थिति तथा शारिरीक तन्दुरुस्तीका साथै सेवाप्रति ईमान्दार, नैतिकवान एवं कर्तव्यनिष्ठ बनाउन थप मद्धत पुग्ने बताए । उनले योग अभ्यासलाई जीवन जीउने कलाको रुपमा आत्मसाथ गर्दै अघि बढ्नुपर्ने समेत बताए ।

पतंजलि योग समितिका प्रमुख संरक्षक अवकास प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले योगको महत्वबारे चर्चा गर्दै नियमित योग अभ्यासले मानव शरिरमा सकरात्मक उर्जा प्राप्त हुने बताए ।

कार्यक्रममा प्रतिनिधि सभासदस्य माननीय गणेश पराजुली, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी महिला संघकी केन्द्रिय अध्यक्ष, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी बल नेपाल पूर्व संघ, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बलका अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment