३ असार , काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम बिहिबार सम्पन्न भएको छ ।
कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेतको प्रमुख आतिथ्यमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा उनले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी परिचर सहज गुरुङ्गलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उनले सफलतापूर्वक तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी परिचरहरुलाई बधाई दिंदै आफुलाई प्राप्त जिम्मेवारी निर्वाहमा ईमान्दारिता पूर्वक फौजी अनुशासनको पालना गर्दै उत्कृष्ट कार्यसम्पादनमा लाग्न त्यसैअवसरमा निर्देशन दिए ।
सो समारोहमा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले तालिम सम्पन्न गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका १ सय २३ जना सशस्त्र प्रहरी परिचरहरुलाई सपथ ग्रहण गराएका थिए ।








