मेराे पूर्वजन्म पूण्यकर्म,
मेरा साथी संगती
मेराे अर्धांगीनी ।
मेरा पितामाता
मेराे पढाई र जागीर
मेरा बर्दी/युनिफर्महरु ।
मेराे लवाई खवाई
मेराे दिनचर्याका कामहरु
सुखी / खुशी / दु:खी ।
मेराे मनाेबृत्ती मुखाकृति
मभित्र डर या साहासी ज्वारभाटारहरु,
मेराे सैनिक प्रशासन ।
यी सबै मेराे अघिल्लाे जन्मका
ती प्रसादी हुन् , जसलाई मैले
अवश्य स्वीकार्नु पर्छ ।
जीवन त यसै पनि संघर्षमय हुन्छ नै,
चाहे दुखी होस या अमीर,
तैपनि अवश्य स्वीकार्नु पर्छ ,
पूर्वजन्मको कर्म भनी !!!
नरेन्द्रकुमार सुवेदी
जोरपाटी , आत्तरखेल,
काठमांडौ ।







