Comments Add Comment

Advertisment

SKIP THIS

मनि ट्रान्सफरका सञ्चालक साहमाथि लुटेरा समूहले गोली हाने, प्रहरीले तीन जनालाई पक्राउ

रौतहट– रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएकाे छ । उनले खबरहबसँग भने ‘उहाँकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुकाे साथबाट एक थान कटुवा पेस्ताेल पनि बरामद गरेकाे छ ।

श्रेष्ठका अनुसार मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई घटनामा संलग्न भएकाे आराेपमा पक्राउ गरीएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै