Comments Add Comment

Advertisment

SKIP THIS

हतियार खरिदबारे सदनलाई जानकारी गराउन माग

२९ असार , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल बोलपत्रबिना सरकारले हतार हतारमा हातहतियार खरिद गर्न लागेको भन्दै विरोध जनाएका हुन् ।

‘आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर हातहतियार ल्याउन लागिएको सुनिएको छ। ती हातहतियार खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती हातहतियार नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गर्दछु ।’ उनले भने।

यसअघि पनि एमाले सांसदले यसको विरोधमा संसदमा आवाज उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै