Comments Add Comment

Advertisment

SKIP THIS

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाही


१५ माघ , काठमाडौं । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले स्वागत गरेको छ ।

सिआइबीले काठमाडौँ महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको कारोवार गर्ने व्यवसायीलाई उत्साहित गरेको सङ्घले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ । व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याई सजाय दिलाउनसमेत सङ्घले विज्ञप्तिमार्फत माग गरेको छ ।

महको गुण र फाइदाबारे सही जानकारी दिनु पर्नेमा सो विषयलाई लिएर केही सञ्चार माध्यमले नकारात्मक प्रचारप्रसार गरेको हुँदा त्यसले मौरी र मह व्यवसायी, व्यवसायमा संलग्न कृषक र उपभोक्तामा पर्न गएको भ्रमप्रति सङ्घको ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा केही सञ्चार माध्यममा महबाट क्यान्सर समेत हुन्छ भनी भ्रमपूर्ण समाचार प्रचारप्रसार हुनु दुःखद् कुरा भएको भन्दै यस्ता भ्रामक र नकारात्मक प्रचारले सिङ्गो मौरीपालन व्यवसाय, मह व्यवसायी र यसमा संलग्न कृषकलाई धक्का पुगी उपभोक्तामा मह सेवन गर्न नै शङ्का उत्पन्न भएकामा चिन्ता व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमा कृषकको ठूलो लगानी रहेको मौरीपालन व्यवसायलाई धरासाही हुनुबाट जोगाउन, बजारमा बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी बिक्री वितरण रोक्न, गुणस्तरीय मह उत्पादन गर्ने र लेबललाई अध्यावधिक गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न तथा उपभोक्तामा गुणस्तरीय मह पहिचान गरी मह सेवन गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै