Comments Add Comment

Advertisment

SKIP THIS

सहरमा भन्दा पनि गाउँमा सङ्क्रमित बढ्दैँ

१६ माघ , डोटि । पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् ।

प्रहरी टोलीले यहाँका विभिन्न नाका तथा बजार क्षेत्रमा बिनाकाम हिँडडुल गर्न, घुम्न, जम्मा हुन तथा सभा–सम्मेलन गर्न निषेध गरेको छ । जिल्लाभरिमा प्रहरीले तपाईँको ‘मास्क खोइ’ अभियान नै सुरु गरी मास्क वितरण गर्नुका साथै मास्क लगाउन आग्रह गरेको छ । कोरोना भाइरस यहाँका बजारदेखि गाउँघरमा समेत फैलिँदै गएपछि जिल्ला प्रशासनको निर्देशनमा यहाँका प्रहरी टोलीले बजार तथा गाउँघरमै गएर भए पनि तपाईँको ‘मास्क खोइ’ अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । 

यसैगरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ । उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै