Comments Add Comment

Advertisment

SKIP THIS

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

१६ माघ, काठमाडौं । प्रहरीले पर्साको वीरगंज महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका-१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१६ बस्ने मोती पटेल भन्ने ४० वर्षीय मोतीलाल प्रसाद कुर्मीलाई माघ २ गते पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको चेपमा गत पुस २४ गते ढुंगा प्रहार भएको अवस्थामा ती बालिकाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनामा संलग्न कुर्मीलाई वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना घटाएको खुल्न आएको हो । उनी उपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै