
१६ माघ , काठमाडौ । नेपाली काङ्ग्रेसको कपिलेश्वर-पञ्चकन्या गाउँपालिका कोषाध्यक्षमा निलक’ण्ठ मिश्र चयन भएका छन । गत साता कपिलेश्वरको कबिलासमा सम्पन्न गाउँपालिका कार्यसमितीको पुर्ण बैठकले मिश्रलाई कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।
गाउँपालिका कार्यसमितीका सभापती एवम गाउँपालिकाका अध्यक्ष माधवप्रसाद खनालको अध्यक्षतामा सम्पन्न बैठकबाट उहाँकै प्रस्तावमा सर्वसम्मत ढंगबाट मिश्र कोषाध्यक्ष चयन भएका हुन ।
कपिलेश्वर-पञ्चकन्या गाउँपालिका सभापती माधवप्रसाद खनाल
कपिलेश्वर-पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा भने काङ्ग्रेसबाट माधवप्रसाद खनाल निर्बिकल्प उमेदवार हुन । आफ्नो जवानिको उर्बर समय कपिलेश्वर क्षेत्रको बिकासमा समर्पित गरेका खनाल कबिलास गाबिसका पुर्व अध्यक्ष र उपाध्यक्ष हुन । अहिलेका वडाध्यक्ष र पालिका अध्यक्षाहरु छोटो समयमै अनेकौ घोटालामा मुछिरहँदा खनालले बिगतमा दुई कार्यकाल सम्म नेतृत्व गरेर कायम गरेको निष्कलङ्क छबीबाट गाउँपालिकाबासीहरु उनिप्रती अनुग्रहित रहेका छन ।
पार्टिका केन्द्रीय नेता रामशरण महतको बुढ्यौली दिमागका कारण पहिलो स्थानिय चुनावमा वडा र पालिका दुबैको नेतृत्व बिपक्षि पार्टिको पोल्टामा पुर्याएपनि यस पटक भने सर्वसम्मत ढंगबाट गाउँमै टिकटको बाँडफाँड गर्ने भएको छ ।
त्यसका लागी ५ वटै वडाका अध्यक्ष र सदस्यका उमेदवार कसलाई बनाउँदा जित्न सजिलो हुन्छ त्यसलाई टिकट दिने गाउँपालिका कार्यसमितीले तयारी गरेको छ । गाउँपालिका कार्यसमितीको सभापती निर्वाचित हुने बित्तिकै खनालले एकसुत्रीय हिसावबाट संगठन सुधार गर्ने, भातृ संघसंस्थाहरु निर्माण र परिचालन गर्ने, वडा र पालिकामा अहिलेका जनप्रतिनिधीबाट भईरहेको सामाजिक सुरक्षा भत्ताको दुरुपयोग र मनलाग्दी खर्च गर्ने प्रबृतीको बिरोधमा खरो ढंगबाट अगाडी बढिरहेका छन ।
कपिलेश्वर नामाकरणको एजेण्डामा माओवादी केन्द्र सहमत नबने उसले चुनाव जितेका ३ वडामा ईतर दलबिच तालमेलको सम्भावना समेत रहेको एक अभियान्ता बताउँछन । माओवादीले जितेका वडा नंवर १ वडा नंवर ३ र वडा नंवर ४ मा कपिलेश्वरका पक्षधर बिच तालमेल हुनसक्ने सम्भावना पछिल्लो समय बढेको छ ।
त्यस्तो सम्भावना अनुसार बिगतमा एमालेले जितेको कबिलास गाबिस वडा नंवर २ एमालेलाई नै छोडेर बांकि वडामा उसले ईतर दललाई समर्थन गर्नेछ । त्यसो गर्दा कपिलेश्वर पक्षधरको आगामी स्थानिय चुनावमा ५ वटै वडामा जित हुने र त्यसपछी बस्ने कार्यपालिकाको पहिलो बैठकले नाम र केन्द्र परिवर्तन गर्न सक्दछ ।








