
१७ माघ , काठमाडौ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ।
शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्। निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्।
आगामी वैशाख(जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो। निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्।
शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख(जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए। सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताउँदै आएका थिए। उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा गरेका थिए। तर स्थानीय निर्वाचन सार्ने उनीहरुको प्रस्तावलाई लिएर चर्को आलोचना भइरहेको छ। जे होस् गठबन्धनको निर्णय पश्चात बैशाख या जेठ महिनाभित्र निर्वाचन हुने पक्कापक्की जस्तै देखिएको छ ।
नयाँ ब्याचतर्फका दिवेश लोहनी, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, वसन्तकुमार लामा, अरुणकुमार बिसी, मुकुन्द आचार्यलगायत एआईजीको दरबन्दी थपिएको खण्डमा प्रतिष्पर्धामा छन् ।
आईजीपीको दाबेदारका रुपमा रहेका पोखरेलसँग राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, मानवस्रोत तथा प्रशासन विभाग जस्ता विभागमा काम गरेको अनुभव छ। थापाले भने प्रहरी अपरेशन हेर्ने कार्य विभाग सम्हालेका छन्। उनी यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० र महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए। पोखरेलले महानगरीय प्रहरी कार्यालय (ट्रो), लागुऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, महानगरीय ट्राफिक प्रहरी महाशाखामा काम गरिसकेका छन्।



