‘भिखारी’ भन्नेलाई वर्षाको जवाफ-‘म टिकटकबाटै कमाउँछु’ -
Comments Add Comment

‘भिखारी’ भन्नेलाई वर्षाको जवाफ-‘म टिकटकबाटै कमाउँछु’

१७ माघ , काठमाडौ । कुनै समय कलाकारलाई आम्दानीको स्रोत जुटाउन फिल्मको मात्र भर पर्नु पर्थ्यो । फिल्ममा काम पाए पैसा आइरहन्थ्यो नभए आम्दानीको लागि अरु स्रोत थिएन । तर, प्रविधिले फड्को मारेसँगै अहिले पैसा कमाउनका लागि विभिन्न माध्यम छन् । फिल्ममा कामै नपाए पनि कलाकारहरुले यूट्युब, टिकटक जस्ता सामाजिक सञ्जालबाट निकै राम्रो आम्दानी गर्न सक्छन् र गरिरहेका छन् ।

अहिले डलरको लोभमा यूट्युब च्यानल खोलेर अन्तर्वार्ता र भ्लग नबनाउने थोरै मात्र कलाकार छन् । अभिनेत्री प्रियंका कार्कीपछि यूट्युबबाट राम्रो आम्दानी गर्ने अभिनेत्रीमा वर्षा राउत पर्छिन् । ‘सन्सा’ नामक यूट्युब च्यानलमा उनले श्रीमान संयोग कोइरालासँग भ्लगहरु बनाइरहेकी हुन्छिन्, जसलाई ठूलो संख्यामा भ्यूज मिल्ने गरेको छ । वर्षाको आम्दानीको अर्को स्रोत टिकटक पनि हो ।

टिकटकमा दश लाखभन्दा बढी फलोअर्स कमाएकी वर्षाले नेपाली र हिन्दी गीतसँगै विभिन्न कमेडी डाइलगहरुमा दिनहुँ टिकटक भिडियो बनाइरहेकी हुन्छिन् । उनका टिकटक भिडियोलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनी बेला बखतमा टिकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् । पछिल्लो समय टिकटक लाइभ सेलिब्रेटीसँग अन्य धेरैका लागि पैसा छाप्ने मेशिन बनेको छ ।

‘भिखारी’ को उपाधि पाएपछि टिकटक लाइभमा नबसेकी वर्षाले बिहीवार एक कमेडी संवादमा टिकटक भिडियो बनाएकी छन् । टिकटकको पृष्टभूमिमा बज्ने एक युवकको स्वरमा वर्षाले लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरुलाई पैसा चाहिन्छ रु कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नी फेरि ।’ यो टिकटकले उनको पैसाप्रतिको मोह झल्काउँछ ।

वर्षाले उक्त टिकटक भिडियो आफ्नो एकाउन्टमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘तर, म त टिकटकबाटै कमाउँछु नी ।’ टिकटक लाइभमा बसेर भिख मागेको भन्दै व्यापक आलोचना हुन थालेपछि उनले आफैंप्रति व्यंग्य गर्दै टिकटकबाटै कमाउने गरेको बताएकी हुन् । कमेन्टमा धेरैले उनलाई ‘टिकटक लाइभमा आए चश्मा पठाइदिन्छु’ भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् ।

@barsharaut1

Some cute cheesy lines ????????. Tag your maya with sugar-free lines ❤️❤️

♬ original sound – aug.13.me

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै