१८ माघ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गर्नुभएको छ । विष्टलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सहसचिव सरहको सेवा सुविधा दिने गरी उहाँलाई विज्ञमा नियुक्त गरिएको हो ।

विष्टले कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विनको नेतृत्व गर्नुभएको थियो । विष्ट डेमोक्रेटिक इञ्जिनियर्स नेपाल ९सिडेन० को पूर्वमहासचिव हुनुहुन्छ ।






