१९ माघ , काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्न सकिने भन्दै ४ जेठको मिति प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई स्थानीय तह निर्वाचन’दयगत छलफल गर्न भन्दै बालुवाटार बोलाएर चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले आयोगलाई कुन मितिमा निर्वाचन गर्दा सहज हुन्छ भन्दै सोधेका थिए ।





