Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई बजे बस्दै

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रिरत छलफल गर्ने निर्णय गरेको थियो ।स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रिरत भएर बैठकमा छलफल गरिने पार्टीका प्रवक्ताले जानकारी दिनुभयो ।

बैठकमा कोभिड९१९ को महामारीका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता महतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै