Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डलाई भेटेर शेखर कोइरालाले भने-हामी चुनावमा गठबन्धन गर्दैनौं

२७ माघ , काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

नेता कोइराला दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । दुई नेताबीच स्थानीय तहको निर्वाचन र एमसीसी सम्झौताको विषयमा छलफल भएको बताईएको छ ।

यसअघि कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । कोइरालाको दौडधुपलाई निकै चासोको रुपमा हेरिएको छ । एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने चर्चाको बेला कोइरालाले आफ्नो सक्रियता बढाएका छन् ।

दाहालसँगको भेटमा कोइरालाले चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने अडान लिएको स्रोतको दाबी छ । कांग्रेस कोइराला समूहले सुरुदेखि नै कांग्रेस चुनावमा एक्लै उठ्नुपर्ने र गठबन्धन गर्न नहुने अडान राख्दै आएको छ।

उता, सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राखेर जान चाहन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै