Comments Add Comment

Advertisment

SKIP THIS

सभामुखलाई संसदमा एमसीसी रोक्ने अधिकार छैन : केपी ओली

२८ माघ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पेश गर्ने एमसीसी रोक्ने अधिकार सभामुख अग्निप्रसाद सापकोटालाई नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले शीर्ष नेताहरूले एमसीसीलाई प्रतिबद्धता पत्र लेखेकोप्रति पनि असन्तुष्टि जनाए । उनले प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेर कूटनीतिक मर्यादाविपरीतको काम गरेको पनि आरोप लगाए ।

प्रोटकलअनुसार पनि प्रधानमन्त्री देउवाले एमसीसीलाई पत्र लेख्न नमिल्ने ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै