Comments Add Comment

Advertisment

SKIP THIS

ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

२ फागुन, काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् ।

सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी महासंघ सहितको टोलीसँगको छलफलमा अर्थमन्त्री शर्माले पोखेका छन् । यसबारेमा छिट्टै राष्ट्र बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आफूले छलफल गर्ने मन्त्री शर्माले बताएका छन् ।

फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नै निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर प्रस्ताव गरेसँगै यसको प्रत्यक्ष दबाब सहकारी पनि परेको छ । यसैले बैंकहरुले नयाँ ब्याजदर लागू गरेको भोलि पल्ट नै अर्थात् सोमबार राष्ट्रिय सहकारी महासंघले सरोकारवाला निकायहरुसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी सहकारीको सन्दर्भ ब्याजदर परिवर्तन गरिदिन आग्रह गरेका छन् ।

महासंघका अध्यक्ष मीनराज कंडेलको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेटी बैंक वित्तीय संस्थाहरूले नै निक्षेपमा अधिकतम ११.०३ प्रतिशत प्रस्ताव गरिसकेको अवस्थामा सहकारी संस्थाहरूलाई ऋणमा १४.७५ प्रतिशतको सिलिङ तोक्नु अन्यायपूर्ण व्यवहार रहेको बताएका छन् ।

सो अबसरमा महासंघका प्रतिनिधिहरुले सहकारी संस्थाहरूको लागि तोकिएको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत तत्काल पुनरावलोकन गरी खुल्ला वजार नीति अनुसार सहकारी संस्थाहरूको आधार व्याजदरमा प्रिमियम वढीमा ६ प्रतिशतसम्म थप गरी ऋणमा ब्याज लिन पाउने व्यवस्था गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै