०३ फाल्गुन , काठमाडौं । मोरङ जिल्लाको शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको भन्दै मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जि.सीले प्रहरी निरीक्षक पपु नायकलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरेका छन् ।

विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै मोरङको धनपालथान वडा नं ७ स्थित उखुवारीमा दुई वटा शव र जिल्ला ललितपुर महानगरपालिका ठेचो-१२ स्थित घरको कम्पाउण्ड भित्र एक शव गरी तीन जनालाई श्रृंखलाबद्ध तवरले हत्या गरी जमिन मुनी गाडिएको अवस्थामा फेला पारेर जघन्य अपराधिक घटनाको सुक्ष्म अनुसन्धान गरी संलग्न मुख्य योजनाकार सहित अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले उनले गरेको कामको कदर स्वरुप जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जि.सीले प्रहरी निरीक्षक पप्पु नायकलाइ पुरस्कृत गर्दै बधाइ तथा शुभकामना दिएका थिए ।







