३ फागुन, काठमाण्डौं । रुस र युक्रेन दुवै युद्धको नजिक पुगेका छन् । पछिल्लो अवस्थाले कुनै पनि समय सीधा लडाइँ हुन सक्ने संकेत गरेको छ । लगातार बढ्दो तनावका कारण विश्वभरी कच्चा तेलको बजारमा उथल–पुुथल जारी रहेको छ । रुसले एक दिनमा एक करोड ब्यारेल तेल उत्पादन गर्छ । जुन विश्वव्यापी मागको लगभग १० प्रतिशत हो । यसका साथै युरोपमा प्राकृतिक ग्यासको सबैभन्दा ठूूलो आपूर्तिकर्ता पनि हो । यदि आपूर्ति लाइन बिग्रियो भने इन्धनको मूूल्यले आकास छुन सक्छ ।
माग अनुसार आपूर्ति नभएपछि कच्चा तेलको मूूल्य ९० डलर प्रति ब्यारेल पुुगेको छ । जुन सन् २०१४ पछिकै सबैभन्दा बढी हो । विज्ञका अनुसार यो छिट्टै प्रति ब्यारेल १०० डलरमाथि पुुग्न सक्छ । सोमाबार तेल बजारमा करिब २ प्रतिशतको वृद्धि भएको छ । यसैगरी युरोपेली प्राकृतिक ग्यासको मूल्यमा पनि लगभग ६ प्रतिशतको वृद्धि भएको छ ।
युरोपको ३३ प्रतिशत प्राकृतिक ग्यास रुसबाट आउँछ
युद्धको सबैभन्दा ठूलो खतरा प्राकृतिक ग्यास आपूर्ति श्रृंखलामा आउन सक्ने क्षतिको विषयलाई लिएर देखिएको छ । रुस युक्रेन पाइपलाइनको माध्यमबाट युरोपमा कुल प्राकृतिक ग्यासको एक तिहाई अर्थात लगभग ३३ प्रतिशत आपूर्ति गर्छ । यदि आपूर्ति श्रृंखला प्रभावित भयो भने बिजुुली उत्पादनमा कटौती गर्नुुपर्छ र साथै कारखानालाई पनि बन्द गर्नुपर्छ । यसले विश्वभरीको सेयर बजारमा थप गिरावट आउछ ।
मूल्य १०० देखि १२० डलर प्रति व्यारेल पुुग्न सक्छ
टेक्सासको तेल कम्पनी पायनियर नेचुुरल रिसोर्सेसका स्कट सेफिल्डले भने,‘यदि पुटिनले हमला गरे भने कच्चा तेलको मूूल्य १०० डलरदेखि १२० डलर प्रति व्यारले सम्म पुुग्न सक्छ । यदि बाइडेनले इरानबाट प्रतिबन्ध हटाए भने यसमा १० डलरको गिरावट हुन सक्छ । बजारमा जत्तिको माग छ त्यती आपूर्ति भएको छैन । यसले मूल्य उकालो लाग्ने निश्चित नै भएको छ । अमेरिकामा महँगीको दर रेकर्ड ७.५ प्रतिशतको स्तरमा छ । यससँग जुुझ्नका लागि फेडरल रिजर्भले ब्याज दर बढाइएको छ ।





