Comments Add Comment

Advertisment

SKIP THIS

‘दाइजो र भोज’ कटाएर रिक्सा र ठेलगाडा

३ फागुन , काठमाडौ । विवाहको खर्च कटाउँदै स्वरोजगारका लागि तालिम र व्यवसायका लागि सामग्री उपलब्ध गराउँदै पनौतीका सुमेश थापा र नविना खड्का उदाहरणीय बनेका छन् ।

‘विवाह दाइजो र भोज विना सकिएको छ’, दुलाहा सुमेश थापाले भन्नुभयो, ‘विवाहमा हुने खर्च आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएका छौँ ।’

प्रति रिक्सा ५० हजारका दरले १२ वटाको ६ लाख र अन्य गरी ७ लाख रुपैयाँ उक्त कार्यका लागि खर्च गरिएको सुमेशले बताउनु भयो । पनौती नगरपालिका वडा नम्वर ४ ज्यालापाटी घर भएका ३२ वर्षीय सुमेश सामाजिक र व्यवसायीक व्यक्ति हुनुहुन्छ । उहाँले सुमेश हार्डवेयर सञ्चालन गर्नु भएको छ ।

पनौती ५ गैरीगाउँ घर भएकी नविना खड्काले श्रीमान् सुमेशको प्रस्तावमा सहमत जनाउँदै दाइजो र भोज नगर्ने बरु स्वरोजगारका लागि सहयोग गर्ने अभियानमा साथ दिएको बताउनु भयो । पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरूद्वारा सञ्चालन गरिएको सृजनशील युवा समाजले यसको व्यवस्थापन गरेको छ ।

व्यवसाय शुरु गर्न रकम नहुनेहरूलाई छिमेकी बचत तथा ऋण सहकारी संस्थाको सदस्य बने लगत्तै विना धितो साक्षी राखेर १० हजार प्रदान गरिनेछ । सोही रकमबाट व्यवसाय शुरु गरी आम्दानी भएको मध्ये केही रकम संस्थामा बचत गर्ने र मुनाफाबाट आफू जस्तै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूका लागि रिक्सा तथा ठेलगाडा किन्न सहयोग गर्ने गरी सम्झौता गरिएको सहकारीका अध्यक्ष सुवासचन्द्र थापाले बताउनुभयो ।

कसैले बीचमा व्यवसाय छाडेमा उक्त रिक्सा वा ठेलगाडा संस्था मार्फत अर्को व्यक्तिलाई उपलब्ध गराइनेछ । प्राप्त गर्ने व्यक्तिले विक्री गर्न पाउने छैन । सोही कार्यक्रममा बर बधूलाई बधाई तथा शुभकामना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सहभागिता रहेको थियो । महामन्त्री थापाले समाज बदल्ने अठोट आफैबाट शुरु गर्नु पर्ने बताउँदै सुमेश र नविनाको उदाहरणीय कार्यको प्रशंसा गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै