३ फागुन , काठमाडौं । नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ । नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सीमिति प्रहरीलाई जानकारी गराएको हो ।

वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाशजंग कार्की आफैंले समेत हतियारका बिषयमा जानकारी लिएका थिए । नेपाली सेनाले असारमा नेपाल प्रहरीलाई करिब ११ हजार थान हतियार हस्तानान्तरण गर्ने निर्णय अनुसार हतियार उपलब्ध गराएको हो । नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिएको हो ।नेपाली सेनाले प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराएका हतियार केही महिना अघिबाट प्रदेश प्रहरी कार्यालयमा पठाएको हो ।

यसरी प्रदेशमा पठाएका हतियारमध्ये वाग्मती प्रदेशले एसएमजी (सर्ट मेसिन गन) १०३, इन्सास राफल २५० र एलएसडब्लू (लङ मेसिन गन सर्पोट) ८ वटा र एलएमजी (लङ मेसिन गन) २ थान प्राप्त गरेको छ । नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री विभिन्न चरण दिने निर्णय गरेको थियो । सोही बमोजिम असार २१ गते पहिलो चरणमा ३ सय थान हतियार र गोली तथा सामाग्री हस्तानान्तरण गरेको थियो ।




