Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङमा कोभिडका कारण बन्द गरिएका हाटबजार खुला

०६ फाल्गुन , काठमाडौं । खोटाङमा कोभिड-१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ । कोभिडको तेस्रो लहर सुरु भएपछि गत ६ माघदेखि बन्द गरिएका हाटबजारलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को ६ फागुनमा बसेको बैठकले खुला गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले कोभिडको संक्रमणको घट्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्ने तथा एकै स्थानमा २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी हाललाई हाटबजार खुला गर्ने खुला गर्ने निर्णय गरेको हो ।

कोभिडको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै डिसिएमसीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका विभिन्न स्थानमा साप्ताहिक तथा पाक्षिक रूपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको थियो । जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानीलगायतका ठाउँमा साप्ताहिक रूपमा हाटबजार लाग्ने गरेको छ । हाटबजार बन्द हुँदा कृषिउपजलगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय मारमा पर्ने गरेका छन् ।

जिल्लामा कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको छ । कोरोनाको संक्रमणबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ बढ्दो छ । न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै