Comments Add Comment

Advertisment

SKIP THIS

लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो

०६ फाल्गुन , काठमाडौं । अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् ।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा संक्रमण फैलाउन सक्ने जोखिम रहेको भन्दै सर्तक रहन चेतावनी दिएकी छन् । अफ्रिकी देशमा ५ वर्षको अन्तराल पछि सो पोलियोका संक्रमण पुनः देखिएको हो ।

सन् २०२० को अप्रिलमा अफ्रिकाले पोलियोमुक्त महादेश घोषणा गरेको थियो । हाल पोलियो पाकिस्तान तथा अफगानिस्तानका केही प्रान्तमा कायमै रहेको पाइएको छ । दुषित खाना तथा पानीको माध्यमबाट बालबालिकामा पोलियो भाइरस सर्ने गर्दछ ।

पोलियो रोगका कारण यसले बालबालिकाको स्नायु प्रणालीमा असर गर्दछ भने यसले २४ घण्टामा बालबालिकालाई पक्षघातमा समेत पुर्‍याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै