Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी उमेश राज जोशीद्धारा ट्राफिक स्वयम् सेवकलाई प्रमाण पत्र हस्तान्तरण

०६ फाल्गुन , काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक कार्यक्रम गरी गीता एभियसनबाट खटिएका ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण पत्र हस्तान्तरण गरेको छ ।

 

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गीता एभियसनका विद्यार्थीहरू ट्राफिक स्वयम् सेवकहरूलाई प्रमाण प्रत्र दिएर सम्मान गरेका हुन ।

कार्यक्रममा महाशाखाका प्रमुख जोशीले ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई आम प्रवृत्तिको रूपमा विकास गराउन सफल भएकोमा धन्यवाद तथा उज्ज्वल भविष्यको शुभकामना समेत गर्नुभयो ।

महाशाखाले सडक सुरक्षा तथा सडक प्रयोग गर्दा पूर्ण रूपमा फुटपाथ, ओभरहेडब्रिज तथा जेब्राक्रसिङको प्रयोग लगायत ट्राफिक नियम पालना गर्ने तर्फ उत्प्रेरित गराउनका लागि गीता एभियसनका १३ जना विद्यार्थीलाई ट्राफिक स्वयम् सेवक रूपमा प्रशिक्षण प्रदान गरी परिचालन गरिएको थियो ।

यही माघ २३ देखि फाल्गुन ५ गते सम्म पिक आवर समयमा उपत्यकाको विभिन्न स्थानमा ट्राफिक स्वयम् सेवकका रूपमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै