Comments Add Comment

Advertisment

SKIP THIS

चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न ३० दलको माग

६ फागुन, काठमाण्डौं । स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिले चुनावमा चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गरेको छ ।

विभिनन् ३० दलले गठन गरेको संघर्ष समितिले शुक्रबार चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेजको माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको हो । समितिको टोलीले आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी र अन्यायपूर्ण भएको र यसले एउटै संविधान र कानुनीप्रक्रिया पूरा गरी निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई अलग अलग वर्गीकरण गरी सिन्डिकेट खडा गरेको समितिको ठहर छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनका लागि आवश्यक पहल गरिरहेको जानकारी गराए । स्थानीय निर्वाचनमा चुनाव चिह्न प्रयोगको असमान व्यवस्था खारेज गर्न माग गर्दै समितिले फागुन ८ गते बालुवाटारमा प्रदर्शन गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै