Comments Add Comment

Advertisment

SKIP THIS

फिलिपिन्सलाई नेपालले २ सय १९ रनको लक्ष्य

०७ फागुन , काठमाडौं । आईसीसी पुरुष टी(ट्वान्टी क्रिकेट विश्वकप छनोट ‘ए’ अन्तर्गत नेपालले सानदार ब्याटिङ गर्दै फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

कुशल भुर्तेलले नटआउट १ सय ४ रन बनाउँदै पारस खड्का र ज्ञानेन्द्र मल्लपश्चात अन्तराष्ट्रिय टि-ट्वान्टीमा सेन्चुरी बनाउने नेपालका तेस्रो क्रिकेटर बनेका छन् ।

कुशल भूर्तेलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दैँ सेन्चुरी पुरा गरे ।

दीपेन्द्र सिंह ऐरीले ८३ रन, कुशल मल्लले १२ र लोकेश बमले नटआउट ६ रन जोडे ।

आशिफ शेख भने शून्य रनमा आउट भए । नेपालले आजको खेल जित्नको लागि अब कसिलो बलिङ गर्न पनि आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

Advertisment

छुटाउनुभयो कि? सबै

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

हङकङद्वारा नेपाललाई १२१ रनको लक्ष्य