Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक थापाको टिमले माछा बोक्ने जीपबाट १ सय २६ किलो गाँजा बरामद

७ फागुन, काठमाडौं । लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको छ । शनिबार बिहान लालबन्दी नपा-१ नवलपुर स्थित पूर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक निर्मल थापाको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा माछा बोक्ने जीपमा ठूलो परिमाणमा गाँजा बरामद् भएको हो ।

No description available.

विशेष सुराकीको आधारमा प्रहरी टोलीले उक्त गाडी रोकेर चेक जाचँ गर्दा जिउँदो माछा राख्ने पहेँलो ड्रम भित्र गाँजा बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

No description available.

प्रहरीले पिकअपका चालक धादिङ सिदुलेख गापा-६ निवासी २२ वर्षीय सुरेन्द्र बि।क। तथा सोहि गाडीमा सवार मकवानपुर कैलाश गापा-२ निवासी ४८ वर्षीय भिमलाल मोक्तानलाई समेत नियन्त्रणमा लिएको छ । पीकअप भ्यान, गाँजा, २ थान मोबाईल सेट र नगद ८५ हजार रूपैैंया समेत बरामद् गरेर कार्बाही प्रकृया अगाडि बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै