Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

०९ फागुन , काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा ट्रक पल्टीदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वि.सि रहेकी छन् ।

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जादै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक आइतबार राति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टीदा बि.सि च्यापिएकी थिइन् ।

घाइते भएकी वि।सिको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै