Comments Add Comment

Advertisment

SKIP THIS

सालकको खपेटा सहित पक्राउ

९ फागुन, काठमाडौं । गजुरी गाउँपालिका-१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका-२ बस्ने १९ वर्षीय मान बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै