Comments Add Comment

Advertisment

SKIP THIS

धरानको जंगलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुल्यो

१० फागुन, काठमाण्डौं । एक हप्ता अगाडि सुनसरीको धरान ४ स्थित जङ्गलमा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलेको छ । प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिपक सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए ।

गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भनन्े स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै