Comments Add Comment

Advertisment

SKIP THIS

संसद्‍मा एमसीसी : बानेश्वरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

१२ फागुन काठमाडौं । बिहीबार दिउँसो नयाँ प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा एमसीसी परियोजनामाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।

सदनमा एमसीसीको बहस सुरु भइरहँदा सडकमा भने त्यसको विरोधमा प्रदर्शनहरू जारी रहेका छन् । गत फागुन ८ गते बसेको प्रतिनिधि सभा बैठकका दौरान संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्र रणमैदान नै बनेको थियो । प्रहरीले रबरको गोली नै चलाउन परेको थियो भने दर्जनौँ प्रहरी तथा आन्दोलनकारी घाइते भएका थिए । आज पनि सो प्रकृतिको प्रदर्शन र झडप हुने आशंका गरी नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । त्यस क्षेत्रको सुरक्षा व्यवस्था यतिबेला कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै