१२ फागुन, काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाण्डौको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा.गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ । सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले देशका विभिनन् स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको १२८ शाखा, एक्सटेन्सन काउण्टर १०, शाखारहित बैंकिङ्ग २५ र एटिएम १०७ मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।





