Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमित घट्दै

१७ फागुन , काठमाडौं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् ।

सोही अवधिमा अरु १८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।

एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै