Comments Add Comment

Advertisment

SKIP THIS

त्रिविका एक प्राध्यापकसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१५ चैत , काठमाडौं । कर्मचारी भर्नासम्बन्धि परीक्षाको परिणाम हेरफेर गरी भ्रष्टाचार गरेको अभियोगमा त्रिभुवन विश्वबिद्यालयका एक प्राध्यापक र दुई सहप्राध्याकपसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रा डा टेकनाथ ढकाल, सहप्राध्यापकद्वय केशव घिमिरे र राजेश्वर न्यौपाने, सह प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्ने शाखाका प्रमुख परशुराम कोइराला र बच्चुराम पाण्डेविरुद्ध मुद्दा दायर भएको हो ।

२०७३ साल फागुन १८ गते प्रकाशित कर्मचारी भर्नाको परीक्षामा अनियमितता भएको हो । परीक्षामा उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उनीहरुले आर्थिक चलखेलका आधारमा कर्मचारी नियुक्त गरेको आयोगको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment