Comments Add Comment

Advertisment

SKIP THIS

अब एमसीसी कार्यान्वयन गरेर जानुपर्छ : ओली

१७ फागुन, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्ने बताए ।

‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भनन्े कुरा हुँदैन । प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो त्यो गलत हो । त्यसो गर्नु हुँदैनथ्यो सरकारले गर्‍यो । संसद्मा पनि स्वस्थ ढंगले कहाँ बिचार गर्न दिइयो र ? जसरी पनि पास भएपछि अव यो कार्यान्वयनमा जानुको कुनै विकल्प छैन । कार्यान्वयनमा जानुपर्छ । कार्यान्वयन कसरी जान्छ हेर्नुपर्छ । राष्ट्र हितमा यसको कार्यान्वयनको रखवारी गर्नुपर्दछ । हाम्रो भनाई यसको कार्यान्वयन देशको हितमा होस, विकासको पक्षमा होस ।’

पत्रकारले तपाईंलाई अमेरिकी अधिकारीको फोनबाट दबाब आएको हो भनन्े जिज्ञासामा अध्यक्ष ओलीले नेपालको प्रमुख पार्टीको अध्यक्षको हैसियतमा भारत, चीन, अमेरिकाका अधिकारीले फोन गर्नु स्वाभाविक कुरा रहेको बताए । उनले अमेरिकी सहायक विदेश मन्त्रीको पनि फोन आएको बताए । कसैले धम्की, दबाब वा प्रभाव पार्न खोजे त्यसको प्रतिवाद गर्ने र त्यस्तो दबाब नआएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment