Comments Add Comment

Advertisment

SKIP THIS

अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

१८ फागुन , काठमाडौं । अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।

अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् । महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनय नगरिएको हो ।

मनोनीत हुनेमा थापासहित लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै