२० फागुन , काठमाडौं । १६ बर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेकाे छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नं. ३ हाल काठमाण्डौको न्यूरोड बस्ने वर्ष २२ को रोहित बि.क लाई प्रहरीले पक्राउ गरेको छ ।

रोहित बि.कले वेलुकाको समयमा ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणी गरी फरार रहेका व्यक्तीलाई अपराध महाशाखाबाट खटिएको टोलीले गाेगबु गेष्ट हाउसबाट रोहित वि.क लाई काठमाण्डौको महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो ।
पीडितलाई जबरजस्ती करणी गरेको गोंगबु स्थित गेष्ट हाउस समेत कसुरदारबाट खुलाई घटनास्थलबाट सवुत प्रमाणहरु संकलन गरी अपराध महाशाखामा दाखिला गरेकोमा निज रोहित बि.क. लाई करणी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी बृत्त, जनसेवा, पठाईएको न्युज24ग्यालेक्सीलाई जानकारी भएकाे छ ।



