Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन स्थित रामहिटीबाट प्रहरीले १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कपनबाट खटिएको टोलीले दुई जना महिला सहित १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

No description available.

जुवाखालबाट प्रहरीले ३ लाख ९७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा घरधनी प्रेम बहादुर भण्डारी, भोजपुर घर भएका सन्तोष श्रेष्ठ, काठमाडौं पेप्सिकोलाका निर कुमार शर्मा, रोल्पाको सुवर्णमति गाउँपालिका घर भएका कमला सिंह र शारदा सिंह लगायत छन् ।

जुवाखालबाट प्रहरीले १९ दाना कौडा बरामद गरेको छ । जुवाडेहरुलाई महानगरीय प्रहरी वृत बौद्धले जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै