२१ फागुन , काठमाडौ । भुमाफियाहरुको मिलेमतोमा जग्गा प्लटिङ्गका नाममा खुलेआम लुट धन्दा मच्चिदा पनि सुर्यविनायक नगरपालिका र वडा अध्यक्ष मौन भएको जानकारी बारम्बार हामीले न्युज ट्वान्टिफोर ग्यालेक्सीमा रिपोटिङ गदै आएका छौ ।

सरकारी जग्गामा प्लटिङ्ग हुदा स्थिानीयले रोक लगाउदा समेत सामाजिक सन्जालमा जालीगलौज गर्ने भुमाफिया लक्ष्मण अवालले फेसबुक जस्तो सामाजिक सन्जालमा कुकुर साला जस्ता पाच्य शब्द लेखेका छन् । आखिर को हुन यी व्यक्ती ! किन सन्जालमा लेख्छन् पाच्य शब्द भन्ने बिषयको चासो रहेको छ ।

प्लटिङ्ग भन्दै कानुन लत्ताएर डोजर मार्फत भुमाफियाहरुले सार्वजनिक खोला मिचिरहँदा नगरपालिका र वडाले खासै चासो देखाएको छैन् । जग्गा प्लटिङ्ग र रुख फडानीमा मनोमानी बढी रहँदा पनि कुनै कारबाही भएको छैन् ।

भक्तपुर सुर्यविनायक नगरपालिका भित्र जग्गा प्लटिङ्गका नाममा अनैतिक र गैरकानुनी धन्दा हिजो आज धेरै मौउलाउदै गएको छ । प्रहरीको ठूलै हाकिम र भुमाफियाहरुको मिलेमतोमा जग्गा प्लटिङ्गका नाममा खुलेआम लुट धन्दा मच्चिदा पनि जिल्ला प्रशाशन सहित सुर्यविनायक नगरपालिका र वडा अध्यक्ष किन मौन रहेका छन् ?
सानालाई ऐन, ठुलालाई चैन भने झै किन मौन बसेको छ सरोकारवाला निकाय ? चासोको विषय बनेको छ । थप रिपोटिङ आउन बाकी





