२१ फागुन , काठमाडौं । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका–१ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् ।
गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले घटना शंकास्पद रहेकोले थप बुझ्ने काम भइरहेको जानकारी दिए ।






