Comments Add Comment

पेस्तोल र लागूऔषध सहित पक्राउ

२२ फागुन, काठमाडौं । बाँकेको खजुरा गाउँपालिका १ राधापुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो ।

No description available.

भर्खरै मात्र सरुवा भएर आउनु भएका राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बमको टोलीले ठुलो सफलता हात पारेको छ । रबिन्द्रको पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

No description available.

त्यहीँ अनुसार घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त ब्राउन सुगर रबिन्द्रको साथबाट बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै