२७ फागुन, जनकपुरधाम । श्रोत नखुलेको १८ लाखभन्दा बढी नेपाली रुपैयाँसहित रौतहटबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
बीआर ०५ वाई २९७९ नम्बरको मोटरसाइकलमा सबार भई भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला महंगुआ ग्राम पञ्चायत निवासी ४५ बर्षीय दिप नारायण प्रसादलाई श्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


