डेढ करोड ठगीको आराेपमा काठमाडौंबाट दाङका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।
केन्द्री अनुसन्धान ब्यूरो (सिआईबी) को विशेष टोलीले पाण्डेलाई काडाघारीबाट पक्राउ गरेको सिआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धिरजप्रताप सिंहले बताए । (डिआईजी) सिंहका अनुसार घोराही–तुलसीपुर फोरलेन सडकका ठेकेदार अनुप पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको छ । पक्राउ परेका पाण्डेविरुद्ध घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले ठगी गरेको बताउँदै उजुरी दर्ता गराएका थिए । घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ । निर्माण व्यवसायी पाण्डेविरुद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो ।
सिआईबीले करोडौं ठगीको आरोपमा ठेकेदार अनुप पाण्डेलाई काठमाडौंबाट पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
२
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
३
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
४
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
५
बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता दिने
२०८३ भाद्र १० गते , बुधबार
६
तीन पत्रकारलाई हिरासतमा राख्न आदेश
२०८३ भाद्र ९ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


