Comments Add Comment

Advertisment

SKIP THIS

हराएको बालबालिका फेला पारी प्रहरीद्वारा अभिभावकको जिम्मा

२९ फागुन , काठमाडौ । काठमाडौंको भोटेबहालस्थित EPS बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत बालबालिका घर फर्कने क्रममा हराएको सुचना प्राप्त हुनासाथ प्रहरीद्वारा खोजतलास गरि चन्द्रागिरीबाट फेला पारी अभिभावकको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली बताएका छन् ।

काठमाडौ जिल्ला महानगरपालिका वडा नं.२३ भोटेबहाल लगनस्थित रहेको EPS बोडिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत बालबालिकाहरू दिपिका श्रेष्‍ठ र श्रीलेखा सामन्त स्कुलबाट घर नआई सम्पर्कबिहिन भएकोले प्रहरी कार्यालयमा खोजतलास गरी पाऊँ अभिभावकले महानगरीय प्रहरी बृत्त, जनसेवा काठमाण्डौमा जानकारी गराएका थिए

तत्कालै जनसेवा वृतका डिएसपीको कमान्डमा खटिएको प्रहरी टोलीले हराएका बालबालिकाको खोजी कार्यमा परिचालित भएको थियो साथै महानगरीय प्रहरीको मेट्रो कन्ट्रोल कक्षमार्फत काठमाण्डौस्थित सम्पूर्ण प्रहरी कार्यालयहरु र बाहिर जानसक्ने सम्पूर्ण नाकाहरुमा तस्बिरसहित कडा चेकजाँचको ब्यवस्था मिलाइएको थियो ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट परिचालित प्रहरी टोलीद्वारा निज नाबालिकाहरुलाई काठमाडौंको थानकोटस्थित चन्द्रागिरी जाने सडकखण्डमा फेला पारी उक्त कार्यालयमा लगी खानासमेत खुवाइएको जानकारी आएको छ । ।

सोही समयमा निजहरुको अभिभावकहरु दीपक श्रेष्‍ठ र सुदिप सामन्तसँग सम्पर्क स्थापित गराउँदा आफ्नो हराएका छोरीहरु हुन भनी भनेकाले महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले अभिभावकहरुलाई सँग साथ लिई थानकोट गई नाबालिकाद्वयलाई थानकोटबाट जनसेवा ल्याई अभिभावकको जिम्मा लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment