Comments Add Comment

Advertisment

SKIP THIS

सवारीसाधनको व्यवस्थापन देखि सडकको सरसफाइ सम्म ट्राफिक प्रहरीको भुमिका

सडककाे चाेकमा उभिएर सधैं जसाे हात हल्लाउँदै ,सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु शनिबार फरक भुमिकामा देखिए ।

शनिबार ट्राफिकका प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मकाे एकहुल काठमाडौंको कलंकी, सातदोबाटो,कोटेश्वर र गाैशालाका ट्राफिक कर्मचारीहरू उपत्यकाको विभिन्न स्थानमा सरसफाइ अभियानमा निस्किए । बिदाको दिनलाई सदुपयोग गरेर ट्राफिक महाशाखाले सरसफाइ कार्यक्रम आयोजना गरेको महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले बताए ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा राखिएका डिभाइडरहरू पखाल्ने तथा सडक सरसफाइ अभियान चलाएको छ । धुलोका कारण सडकमा राखिएका डिभाइडरहरू मैलो देखिएको र रातको समयमा चम्किलो नहुने हुँदा दुर्घटना बढेको भन्दै डिभाइरलाई सफा र चम्किलो बनाइराख्नको लागि अभियान सुरु गरेको ट्राफिक एसएसपी उमेश राज जोशीले बताए ।

एसएसपी उमेश राज जोशीका अनुसार ‘सडक सबैका लागि सधैँ सुरक्षित हुनुपर्छ, सुरक्षाको लागि कुुनै पनि कसर बाँकी राख्न हुँदैन त्यही भएर डिभाइडर सफाइलाई अभियानकै रूपमा सञ्चालन गरेका हौँ’, यसको लागि सबै ट्राफिक प्रहरीहरूले आफ्नो नजिकको सडकमा रहेका डिभाइडरहरूलाई धोएर रातको समयमा पनि प्रस्टरूपमा देखिने बनाउन निर्देशन दिएको एसएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै